सुर्खेत, पुस १८ गते । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखको महावु गाउँपालिका ६ रानिवनका सुजन रावतका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्वरूप उक्त रकम दिने निर्णय भएको र यसबारे छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने बताएका छन् । सुजनको मङ्गलवार दैलेखमा दाहसंस्कार गरिएको छ ।