Logo

प्रधानमन्त्री कपको उपाधि जित्न एपीएफले दियो कोशीलाई ११५ रनको चुनौती, बलिङतर्फ अप्सरीको शानदार ह्याट्रिक



काठमाडौं,१८ पुस । ओपनर ईन्दू बर्माको उत्कृष्ट अर्धशतकको मद्दतमा राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टिम एपीएफले कोशी प्रदेशलाई ११५ रनको मध्यम लक्ष्प प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोड्यो ।

उसका लागि ओपनर इन्दू बर्माले ५३ रनको अर्धशतक बनाइन् । २० औं ओभरको पहिलो बलमा अपुसरी बेगमको बलमा क्याच आउट हुनुअघि उनले ४७ बलको सामना गर्दै ६ चौका र १ छक्का हिर्काइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर १ रनमा आउट हुँदा रोमा थापाले १४ र ज्योति पाण्डेले २७ रन थपिन् । नेरी थापा र सोनु खड्का शून्य रनमा आउट हुँदा ममता चौधरी तीन रनमा आउट भइन् । अपुसरीले २० औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिय पूरा गरिन् ।

बलिङतर्फ ह्याट्रिक गरेकी अप्सरीले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट चट्काइन् । त्यस्तै एलिसा खाडियाले २ विकेट लिँदा रुविना क्षेत्री र निशा साहले समान १ विकेट लिर्यन् । यस प्रतियोगीतामा एपीएफ हालसम्म अपराजित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्