Logo

उच्च अदालतका १६ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं,१८ पुस । न्याय परिषद्ले उच्च अदालतमा कार्यरत १६ जना न्यायाधीशलाई सरुवा गरेको छ । आज बसेको परिषद्को बैठकले ३९ जनालाई न्यायाधीशमा नियुक्त गर्दै १६ जनाको सरुवा गरेको हो ।

न्याय परिषद्ले बैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्षसमेत रहेका उच्च अदालत दीपायलमा कार्यरत कृष्ण गिरीलाई उच्च अदालत पाटनमा दरबन्दी सारेको छ भने विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवरलाई पनि उच्च अदालत पाटनमानै दरबन्दी सारिएको छ ।

त्यस्तै विशेष अदालतका सदस्यसमेत रहेका उच्च अदालत जनकपुर इजलास वीरगञ्जका न्यायाधीश डा.खुशीप्रसाद थारुपनि पाटन उच्च अदालतमै आएका छन् ।उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासकी न्यायाधीश शकुन्तला घिमिरेको उच्च अदालत पाटनको हेटौंडा इजलासमा सरुवा भएको छ।

यस्तो छ सरुवामा परेका १६ जना न्यायाधीशको सूची



प्रतिक्रिया दिनुहोस्

Screenshot