काठमाडौं,१८ पुस । साविक उपविजेता कोशी प्रदेश यसपटकको प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमकी पूर्व कप्तान तथा अलराण्डर रुविना क्षेत्रीले कप्तानी गरिरहेको टिम कोशीलाई उपाधि दावेदार टिम मानिएको थियो ।
कोशीलाई उपाधि दाबेदार टिम मानिनु स्वभाविक नै थियो । किनकी कोशी साविक उपविजेतासमेत हो । साविक उपविजेता पनि भएको र राष्ट्रिय टिममा बलियो पकड राख्ने खेलाडीको बाहुल्यता रहकेो टिम भएको हुँदा कोशीले यसपटक गत वर्ष फानइनलमा भोगेको हारको नियती मेटेर उपाधि रक्षा गर्ने अपेक्षा गरिएको थियो ।
बुधबार भएको फाइनलमा विभागीय टिम एपीएफसँग ११ रनले पराजित भएसँगै उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान छिरेको कोशी प्रदेश फेरि एकपटक उपविजेतामै सीमित बनेको छ । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशले ११ रनको साँघुरो हार ब्यार्होन बाध्य भयो । विभागीय टिम एपएिफले टस जितेर पहिले ब्याटिङ गरेर ११५ रनको मध्ययम लक्ष्य दिएको थियो ।
११५ रनको मध्यम लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रनमा समेटिएपछि उपाधि रक्षा गर्ने र गत वर्षको हारको नियती टार्ने कोशी सपनामा पूर्णबिराम लागेको छ । कोशीका लागि प्रतियोगीताको सुरुवातदेखिनै उत्कृष्ट प्रदर्शन गर्दै आएकी ओपनर तथा कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रन जोडेपनि त्यो जितका लागि प्रर्याप्त भएन् । ५८ बलमा ७ चौका र १ छक्का हिर्काएकी रुविना करुणा भण्डारीको बलमा आउट भइन् । त्यस्तै काजल श्रेष्ठले २२ तथा ओपनर अपुसरी बेगमले ८ रन थपिन् ।
२९ बलको सामना गरेकी काजल र २० बलको सामना गरेकी अप्सरीले आवश्यक रुपमा रन बनाउन नसक्दा रुविनाका एकल प्रयाशले मात्र जित सम्भव भएन । बलिङतर्फ ह्याट्रिक गरेकी अपुसरी ब्याटिङमा भने चम्किन सकिनन् ।
एपीएफ यस संस्करणमा अपराजित रहँदै उपाधि जित्ने टिम हो भने कोशीले समूह चरणका सातमध्ये ६ खेलमा जित निकाल्दै शीर्ष २ को स्थान पक्का गरेको थियो ।कोशीले पहिलो एलिमेनेटरमा ५२ रनले एपीएफसँग हार भोगेपनि दोस्रो एलिमेनेटरमा साविक विजेता सुदूरपश्चिममाथि ८ विकेटको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
साविक विजेता सुदूरपश्चिमलाई हराउँदै गत वर्ष फाइनलमा भोगेको हारको बदला लिएपनि कोशीले विजेता बन्दै उपाधि चुम्ने सपना भने यसपटक पनि पूरा गर्न सकेन् । २०२० को संस्करणमा एपीएफलाई नै हराएर उपाधि जितेको कोशी त्यसपछिका हरेर संस्करणमा उपविजेतामा सीमित हुँदै आएको छ ।