Logo

टिमलाई पीएम कपको उपाधि जिताउँदै पाण्डेले गरिन् क्रिकेटबाट सन्न्यासको घोषणा



काठमाडौं,१८ पुस । विभागीय टिम एपीएफकी ओपनर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवनबाट सन्न्यासको घोषणा गरेकी छन् ।

बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेपछि पाण्डेले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी हुन् । पाण्डेले कोशीविरुद्धको फाइनल खेलमा ३० बलको सामना गर्दै ३ चौकाको मद्दतमा २७ रन जोडेकी थिइन् ।

उनले २०१६ सालमा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot