Logo

प्रहरीको लाठ्ठी प्रहारबाट भन्सार विभाग घेराउ गर्न पुगेकी आजपा नेतृ साह सख्त घाइते



काठमाडौं,१८ पुस । भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार बिभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) का नेता कार्यकर्तामाथि प्रहरीले दमन गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका आजपाका उपाध्यक्ष तथा पूर्व सभासद तिलक थापा मगरसहितका ७ नेतालाई पक्राउ गर्नेक्रममा प्रहरीले लाठ्ठी प्रहार गर्दा आजपा नेतृ रञ्जु साह सख्त घाइते भएकी छन् ।

भन्सार नियमावलीमा रहेको ४५℅ कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग घेराउ गरिरहेको आम सम्पर्क मञ्चका नेता कार्यकर्तालाई प्रहरीले गिरफ़्तार गरेको आजपाले जनाएको छ ।

प्रदर्शनका क्रममा रञ्जु र तिलकसहित आर्य पाण्डे, रुपेश दास, कनक सिंह, राजकर विक्रम र पासाङख तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार नियमावली सच्याउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको पार्टी आजपाले निरन्तर आन्दोलन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot