Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी,लगत्तै एमालेसँग ‘फाइनल मिटिङ’ हुने



काठमाडौं,१८ पुस । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

बैठकमा कांग्रेस माओवादी केन्द्र,नेकपा एस र जसपा नेताहरु सहभागी छन् । हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति बनेको छ ।

सत्ता गठबन्धनका दुई ठूला दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आज बिहान छलफल भएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकिने बारे छलफल भएको थियो ।

आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट,सभापति शेरबहादुर देउवा, उपसभापति पूर्वबहादुर खड्का,महामन्त्री गगन कुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । त्यस्तै,नेकपा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए । दुई दलका नेताबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाबारे मोटोमोटी सहमति बनेको बताइएको छ ।

अहिले जारी गठबन्धन दलको बैठक लगत्तै बेलुकी पाँच बजे गठबन्धन दलले एमालेसँग बैठक गर्ने बताइएको छ । गठबन्धन दलको प्रस्तावमा सहमत भएमा राष्ट्रिय सभामा एमालेले पनि सिट पाउने पक्का भएको छ । एमालेलाई गठबन्धन दलले कति सिट दिन चाहेको हो भन्ने बारे खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot