काठमाडौं, १८ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न बालुवाटार प्रवेश गरेका छन् । आसन्न राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि समेट्ने प्रधानमन्त्री दाहालको चाहना छ ।
यसअघि सत्ता गठबन्धनको बैठक बसेको थियो । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि एमालेलाई राष्ट्रियसभामा समेट्न सकारात्मक छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम