Logo

प्रचण्ड ओलीसँग नजिकिएपछि कड्किए माधव नेपाल



काठमाडौं,१९ पुस । सत्तारुढ गठबन्धन दलको बैठक निष्कर्षविहीन बनेको छ । राष्ट्रिय सभाको निर्वाचनमा सिट बाडफाँडबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि केहि सिट दिनेबारेमा प्रचण्डले ब्रिफिङ गरेका थिए । प्रचण्डको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ठाडै अस्वीकार गरेका छन् ।

बुधबार बसेको गठबन्धन र एमालेबीचको बैठकमा राष्ट्रिय सभामा एमालेलाई शून्य नगर्न ओलीले प्रस्ताव गरेका थिए । सोहि विषयमा छलफल गर्न आज बैठक बोलाईएको थियो । आजको बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा पनि रणनीतिक रुपमा पनि गलत छ भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत भएका थिए । साँझ फेरि एमालेसँग छलफल गर्ने भनेर बैठक स्थगित भएको बताईएको छ ।

एमोललाई राष्ट्रिय सभामा केहि सिट दिने र संस्दीय समितिमा बिचाराधीन रहेको टीआरसी विधेयक टुंग्याउन माओवादी केन्द्र र नेपाली कांग्रेस सकारात्मक देखिएका छन् । तर, सत्ता साझेदार दल नेकपा एस र जसपाले भने असन्तुष्टि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्