Logo

भारतीय विदेशमन्त्री जयशंकरले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट



काठमाडौं,१९ पुस । २ दिने औपचारिक नेपाल भ्रमणमा आईपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टारचार भेटवार्ता गरेका छन् ।

जयशंकरले राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उनीसँग भेटेका हुन् ।

उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot