Logo

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का महसुस, काठमाडौंसमेत हल्लियो



काठमाडौं,१८ पुस । सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार,यो ०७२ सालमा गएको विनाशकारी‘गोरखा भूकम्प’कै परकम्प हो ।

यसअघि कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएर ६.४ रेक्टरको भूकम्प जाँदा १५५ जना भन्दा धेरैको ज्यान गएको थियो भने हजारौ घर भत्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्