Logo

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत



काठमाडौं,१९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । उनले मंसिर २० गतेबाट लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए । केही दिनसम्म गुपचुप रहेको उनको राजीनामा पाँच दिनपछि मात्रै सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot