Logo

सन्दीपबारे क्यानले पुस २५ को फैसलापछि निर्णय लिने



काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा दोषी ठहर भएका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेबारे तत्काल कुनैपनि निर्णय नलिने भएको छ ।

क्यानले सन् २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गर्न आयोजित कार्यक्रमामा क्यानका सचिव पारश खड्काले पुस २५ गते हुने सन्दीपको सजाय निर्धारणको फैसलापछि मात्र क्यानले निर्णय लिने जानकारी गराएका छन् ।

क्यान सचिव खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने र नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।

‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’,पारसले भने ।



प्रतिक्रिया दिनुहोस्