Logo

१४ किलो सुन तस्करी प्रकणको फाइल अख्तियारमा पनि पठाउन निर्देशन



काठमाडौं, १९ पुस । सरकारी वकिलको कार्यालय काठमाडौंले १४ किलो सुन तस्करीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाउन निर्देशन दिएको छ । भन्सारका कर्मचारीहरु पनि उक्त प्रकरणमा जोडिएपछि सरकारी वकिलको कार्यालयले उक्त प्रकरण छानविन अख्तियारमा पनि पठाउन भनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएको १४ किलो सुन बरामद गरेको थियो । उक्त उडानमार्फत काठमाडौं आएका चन्द्र घलेले सुन ल्याएका थिए । उक्त सुन गोर्खाका मीनबहादुर घलेको भएको खुलेको थियो ।

उक्त सुन तस्करी प्रकरणमा राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत लगायतका कर्मचारीहरु मुछिएपछि सरकारी वकिलको कार्यालयले फाइल अख्तियारमा पनि पठाउन निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्