काठमाडौं, २० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफलका लागि प्रधानमन्त्री दाहाल समितिको बैठकमा सहभागी भएका हुन् ।
यसअघि उनी एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी विषयमा सोही समितिमा सहभागी भएका थिए ।
तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय