काठमाडौं, २० पुष । राजनीतिक विश्लेषक अरुण सुवेदीले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेका छन् ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका चार सम्झौता नै नेपालको विकासको लागि उपलब्धि भएको स्पष्ट पारे ।
उनले ती सम्झौतामध्ये विद्युत व्यापार झनै महत्वपूर्ण रहेको सुनाए । प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि गरेको भारत भ्रमण नै उपलब्धिमूलक थियो भनेर आफूले भन्दै आएको सुवेदीको भनाई छ ।