Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं, पुस २० । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफल हुने जनाईएको छ ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। बैठकमा त्यसबारे पनि छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्