Logo

‘खोलीखेत जोगाउने तटबन्धनले हो,देश भत्काउने पनि गठबन्धनले हो’



काठमाडौं,२० पुस । बिहीबार नेपाल र भारतबीच भएको सम्झौतामा भारतले नेपालका परियोजनाहरुमा सीधै खर्च गर्न पाउने रकमको सीमा बढाएर २० करोड पुर्याएपछि नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले आपत्ति जनाएका छन् ।

एमालेका पोलिटब्युरो सदस्य तथा सांसद समेत रहेका बास्कोटाले गठबन्धन सरकार देश भत्काउने काममा लागेको टिप्पणी गरेका छन्।

सरकारले भारतीय दूतावास मार्फत नेपालमा सोझै २० करोड रुपैँयासम्म लगानी गर्ने गरी भारतसँग गरेको सम्झौताले नेपाललाई भत्काउने काम सुरु भएको बास्कोटाको भनाइ छ । ‘स्थानीय तहलाई सोझै दिन सक्ने २० करोडको सहयोग भोलीका लागि धेरै महँगो हुने प्रबल सम्भावना छ’,सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेखेका छन् ।

चुनावको बेलामा‘खोली खेत जोगाउने तटबन्धनले,देश भत्काउने गठबन्धनले’,भनि लगाएको नारा सार्थक हुँदै गएको उनको टिप्पणी छ । सो कुरा सोह्रैआना ठिक रहेछ त्यो कुरा अहिले अहिले प्रमाणित हुँदै गएको उनले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot