Logo

ओली भेट्न बालकोट पुगे रवि लामिछाने



काठमाडौं,२० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भक्तपुरको बालकोट पुगेका छन्।

अध्यक्ष ओली र सभापति लामिछानेबीच शुक्रबार मध्याह्न भेटवार्ता भएको हो।

रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए। ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट नभएको बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot