Logo

‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ



काठमाडौं,२० पुस । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ । उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot