Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा



काठमाडौं, पुस २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाईएको छ ।

राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गर्ने दिन पुस २३ नजिकिँदै गर्दा उम्मेदवार टुंगो लगाउन पार्टी पदाधिकारी एवं सदस्यहरु छलफमा जुट्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्