Logo

हजरिया सेवा समाजको अध्यक्षमा नरेश थापा, २१ सदस्यीय कार्य समिति चयन



काठमाडौं, पुस २२ । बिभिन्न पेसा र कर्म थलोका रुपमा राजधानीमा बस्दै आयका सर्लाही हजरिया बासीहरुको संगठन हजरिया सेवा समाजको ५ औँ महाधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाण्डौंमा सम्पन्न सभाले नरेश थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

नयाँ कार्यसमितिमा बिष्णु पौडेल, फिरोज खड्का, कौशल खड्का, दिनकर सिङ दाहाल र दिप्ती दहाल गरी ५ उपाध्यक्ष तथा सचिवमा नबिन गिरी, सह सचिबमा प्रेक्षा कार्की कोसाध्यक्षमा सन्तोष पोखरेल चयन छन । त्यसैगरी सदस्यहरुमा बिजय दहाल, सलिना कडाल,सुनिता वाग्ले, अभिषेक कुमार महतो, प्रमिला कार्की, अन्जना बस्नेत, सरोज कुमार चौधरी, हेम बहादुर लामा, ज्ञानु परियार, बिमल पोखरेल, रामानन्द महतो र नागेन्द्र सहनी रहेका छन्।

बिभिन्न कारणले राजधानीलाई कर्मथलो बनाउदै आएका हजरियाबासीहरु यो संगठनले राजधानीमा रहदा आईपर्ने हरेक समस्यामा आफ्ना सदस्यहरुको निम्ती लड्दै आएको छ । संगठनले वार्षिक रुपमा बिभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ । २०६३ सालमा स्थापना भएको यो संगठनमा १००० भन्दा बढी सदस्यको आबद्दता रहेको छ । अध्यक्षमा निर्विरोध निर्वाचित थापाले आगामी दिनमा हजरिया एवं बरहथवा नगरपालिकाको स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ, कृषिलगायतको क्षेत्रमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सम्बन्धित पक्षसँग सहकार्य गर्दै आगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्