Logo

राष्ट्रियसभामा भनेजति सिट नपाएका माधव नेपालले गरे थप एक मन्त्रालयमा दाबी



काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभामा आफूले भनेजति सिट नदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् । उनले सत्ता गठबन्धनमा ३ सिट मागेका थिए । तर, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेपालको पार्टीले दुई सिट पायो ।

बालुवाटारमा गठबन्धनको बैठकमा भएको सहमतिअनुसार १९ सिटको लागि हुने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले सबैभन्दा बढि १० सिट पाएको छ । यस्तै, माओवादी केन्द्रले ६ सिट, नेकपा (एस) ले २ सिट र जसपाले एक सिट पाएको छ । नेपालले सुरुमा चार सिटमा दाबी गरेका थिए ।

उनले आफ्नो दलमा आकांक्षी धेरै भएकोले कम्तिमा चार सिट दिन मागेका थिए । तर, दलहरुबीचको सहमतिअनुसार नेकपा (एस) ले जम्मा २ सिट पाएको हो । अहिले नेपालले राष्ट्रियसभामा २ सिट पाएका नेपालले आफूहरुलाई सम्मानजनक व्यवहार नगरिएको भन्दै एक मन्त्रालय थप दिनुपर्ने अडान राखेको स्रोतको दाबी छ । अहिले नेकपा (एस) बाट प्रकाश ज्वाला र वेदुराम भुषाल सरकारमा सहभागी छन् । file photo



प्रतिक्रिया दिनुहोस्