Logo

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कुन पार्टीको मतभार कति ?



काठमाडौं, पुस २३ । राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि एमाले, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् ।

गठबन्धनबाट १० सिट पाएको कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाएको छ । भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन्।

त्यस्तै, ६ सिट पाएको माओवादीले बैठकले सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दलाई उम्मेदवार बनाएको छ । चन्द २०६४ मा बैतडी–२ बाट निर्वाचित भएकी थिइन्। हाल उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इन्चार्ज छिन्।

त्यस्तै नेकपा (एमाले) ले सुदूरपश्चिमबाट सावित्रादेवी घिमिरे (महिला), ईश्वरीप्रसाद खरेल (अन्य), रामचन्द्र जोशी .अपांगता र अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ । त्यस्तै विश्वकर्मा (दलित) तर्फ, रोमजंग स्वाँर (अन्य) मा नाम टुंगो लगाइएको छ।

सुदूरपश्चिममा स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार तीन हजार तीन सय ४४ र ५२ प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ गरेर कुल मतभार ६ हजार एक सय रहेको छ।

जसमा नेपाली कांग्रेसको मतभार दुई हजार ५८८, एमालेको मतभार एक हजार ४८०, माओवादी केन्द्रको मतभार एक हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, एकीकृत समाजवादीको मतभार ३०७, स्वतन्त्रको मतभार ११० र राष्ट्रिय प्रजातन्त्र पार्टीको मतभार ५३ रहेको छ। सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुल मतभार चार हजार ४ सय ५७ रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot