Logo

लाओस प्रहरीले सन् २०२३ मा ६ हजारभन्दा बढी आपराधिक मुद्दा छिन्यो



भेन्टियान, २४ पुस । लाओस प्रहरीले सन् २०२३ मा कुल ७ हजार ९९६ वटा आपराधिक मुद्दाहरू अध्ययन गरी ६ हजार ७५३ वटा मुद्दा छिनेको छ । ती मध्ये धेरै जसो मुद्दाहरू लागुऔषध कारोबार र ओसारपसार सम्बन्धी छन्।

लाओसको सार्वजनिक सुरक्षा मन्त्रालयले जनवरी ४ देखि ५ सम्म लाओको राजधानी भेन्टियानमा सन् २०२३ मा सञ्चालन गरिएका कानून र व्यवस्थाका विषयमा समीक्षा गर्न र सन् २०२४ का लागि योजना तय गर्न बैठक आयोजना गरेको लाओ सुरक्षा समाचारले मङ्गलबार जनाएको छ।

सन् २०२४ मा सार्वजनिक सुरक्षा अधिकारीहरूले राष्ट्रको बलियो राजनीतिक स्थिरता सुनिश्चित गर्न तथा शान्त र व्यवस्थित समाजको निर्माण गर्न र आधुनिकताको बाटोमा थप प्रगति गर्न जारी राख्ने पनि विलाले जानकारी गराएको छ ।

गत वर्षको सफलतासँगै राजनीतिक शान्ति सुरक्षा सुनिश्चित गर्न पार्टी निर्माण गर्न, प्राविधिक अधिकारीहरूको काममा सुधार ल्याउन विशेष योजना ल्याउने लगायतका थप कार्यभार रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot