Logo

परराष्ट्रमन्त्री साउद रूस जाँदै, रुसी सेनामा भर्ना भएका युवाहरुलाई फिर्ता ल्याउन पहल गर्ने



काठमाडौं, २४ पुष । परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन् । रुस–युक्रेन युद्ध लम्बिरहेको अवस्थामा रुसी सेनामा नेपाली युवाहरु पनि भर्ती भएको र केहीको निधन भएको समाचार आईरहेको बेलामा मन्त्री साउदले रुसको भ्रमण गर्न लागेका हुन् ।

मन्त्री साउद यही पुष अन्तिम वा माघको पहिलो साता रुस जानेगरि तयारी भएको छ । विभिन्न समाचारअनुसार रुसी सेनामा झण्डै २ सय जना युवाहरु आवद्ध भएको जनाईएको छ ।

अधिकांश युवाहरुको परिवारले सरकारसमक्ष तत्काल उनीहरुको उद्धार र नेपाल फिर्ताको माग गरेका छन् । मन्त्री साउदले उनीहरुलाई उद्धारको लागि पहल भैरहेको जनाउने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot