Logo

इन्जिनियरिङ परिषदद्वारा दर्तावाला इन्जिनियरको दरखास्त आह्वान (सूचनासहित)



काठमाडौं, पुस २५ । नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको दरखास्त आवेदन आह्वान गरेको छ।

परिषद्ले आज एक सूचना प्रकाशित गर्दै परिषदबाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाका लागि दुई हजार ५ सय परीक्षा शुल्क सहित यही पुस २९ गतेदेखि आगामी माघ ६ गतेसम्म र माघ ७ गतेदेखि माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त गर्न सक्ने व्यवस्था गरेको छ। इच्छुक उम्मेदवारहरूले परिषद्को वेभ साइटमा गएर आवेदन फाराम भर्न सकिने छ।



प्रतिक्रिया दिनुहोस्