Logo

एपीएफको मुख्य प्रशिक्षकमा पूर्व कप्तान मल्ल नियुक्त,आर्मी छाडेका रोहित बने पीएम कपका लागि कप्तान



काठमाडौं,२६ पुस । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल विभागीय टिम नेपाल एपीएफ क्लबको क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अघि मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको एपीएफले जनाएको छ। मल्लले अघिल्लो महिना मात्रै सिंगापुर पुगेर आइसिसी लेभल २ कोचिङ कोर्ष गरेका थिए ।

मल्लले सन् २०११ देखि २०२० सम्म एपिएफबाट व्यवसायिक क्रिकेट खेल्दै टोलीको कप्तानी समेत गरेका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एपीएफले आफ्नो टोलीको कप्तान बनाएको छ । रोहित आर्मी छाडेर एपिएफ पुगेका हुन् । यसअघि एपिएफको मुख्य प्रशिक्षकमा राजेश श्रेष्ठ थिए ।

मल्लले ५ महिना अघि आफ्नो खेल जीवन सन्न्यास लिएका थिए । २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेलेका मल्लले अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्