काठमाडौं, २७ पुष । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई सरापेर माक्र्स र माओवादीलाई माला लगाउन जानेले देश जोगाउन र बनाउन नसक्ने दाबी गरेका छन् । आज (शुक्रबार) पोखरामा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि फोटो खिच्दै यस्तो लेखेका हुन् ।
मिश्र पछिल्लो समय राजसंस्थाको वकालत गरिरहेका छन् । वैकल्पिक राजनीति सुरु गरेका मिश्र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएसँगै राप्रपामा प्रवेश गरेका थिए । ०७९ मा राप्रपाबाट काठमाडौं–१ बाट निर्वाचन लडेका मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । कतिपयले मिश्रलाई अवसरवादी नेताको रुपमा पनि चित्रण गर्छन् ।
पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लगाउन जानेले यो देश जोगाउन र बनाउन सक्दैनन्। यसमा प्रष्ट भए हुन्छ। पोखरामा आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि खिचेको फोटो। आज एक बजे पृथ्वी चोकमा हुने विशाल कार्यक्रममा भेट्ने अपेक्षा गरेको छु।