Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेन्डा



काठमाडौं, पुस २८ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दै छ। अहिले बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको विधान शंसोधन, विधान मस्यौदा समिति गरेको प्रस्तावमाथि छलफल हुने जनाईएको छ ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।

सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो । विधान मस्यौदा समितिले सुझाएको १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावमाथि समेत आज छलफल हुँदैछ । बैठकमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समेत समीक्षा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्