काठमाडौं, २८ पुष । प्रचण्ड सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको भूमिकामा रहेकी नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ पार्टीको अध्यक्ष बन्न चाहन्थिन् । तर, पति रेशमलाल चौधरीले अध्यक्षमा आफूलाई अघि सारेपछि उनी ब्याक भएकी हुन् ।
हिजोमात्रै सो दलको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा रेशम र रञ्जिता दुवैले उम्मेद्वारी दिने तयारी गरेका थिए । तर, अन्तिममा रेशमले रञ्जितालाई ब्याक गराएको चर्चा छ ।
अहिले श्रेष्ठलाई नाउपाको सहअध्यक्ष बनाउनेगरि सो दलले विधान संशोधनको तयारी थालेको छ । नाउपाको प्रथम महाधिवेशन कैलालीको टिकापुरमा भएको हो ।