Logo

रेशम पार्टी अध्यक्ष बनेलगत्तै रञ्जिताको मन्त्री पद धरापमा, बुवालाई मन्त्री बनाउने रेशमको तयारी



काठमाडौं, २८ पुष । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन नसकिँदै पार्टीमा किचलो सुरु भएको छ । खासगरी पार्टी अध्यक्षमा संरक्षक रेशमलाल चौधरीले आँखा लगाएपछि नै पार्टीमा रेशम र रञ्जिता श्रेष्ठबीच विवाद सुरु भएको थियो । रञ्जिताले रेशमलाई अहिले नै पार्टी अध्यक्ष नबन्न सुझाएकी थिईन् ।

रेशमविरुद्धको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधिन छ । निर्वाचन आयोगले पनि रेशमले परामर्श नलिएको भन्ने कुरा आएपछि रञ्जिताले पति रेशमसँग असन्तुष्टि पोखेकी थिईन् । रेशम कैलालीमा जारी पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रञ्जितालाई भने विधान संशोधन गरेर भएपनि सहअध्यक्ष बनाउने तयारी गरिएको थियो । तर, रञ्जिता अहिले महाधिवेशनस्थल छोडेर काठमाडौंतर्फ हिँडिसकेकी छिन् ।

नाउपानिकट उच्च स्रोतकाअनुसार रेशमले पत्नी रञ्जितालाई सरकारबाट पनि फिर्ता बोलाउने तयारी गरेका छन् । अहिले रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारीमा छिन् । रेशमले पत्नी रञ्जितालाई फिर्ता बोलाएर सो ठाउँमा बुवा लालबीर चौधरीलाई पठाउन खोजेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्