Logo

प्रधानमन्त्री कप क्रिकेट : आजका दुई खेल सुरु



काठमाडौं, पुस २९ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। जसअन्र्तगत अहिले विहान ९ बजेदेखि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा सुरु भएको छ ।

त्यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा ९ बजेदेखि बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा सुरु भएको छ । यसअघि शनिबार भएको प्रतियोगितामा मधेस प्रदेश, लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्।



प्रतिक्रिया दिनुहोस्