Logo

बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि



कास्की, २९ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । उपविजेता गलकोटलाई दुई लाख प्रदान गरिएको छ ।

खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१६ अङ्कले जित्यो । सेमिफाइलनमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो । यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । अन्नपूर्ण र चापाकोटलाई ५० हजारका दरले पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी र उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।

उनीहरुले जनही पाँच हजार पुरस्कार प्राप्त गरे । विजेता, उपविजेता तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्