Logo

रियल मड्रिडले लियो बार्सिलोनासँग हारको बदला, जित्यो स्पेनिस सुपर कपको उपाधि



काठमाडौं, माघ १। स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरेबियामा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनामाथि ४ गोल प्रहार गदै रियलले उपाधि जितेको हो । जवाफमा बार्सिलोनाले १ गोल मात्रै फर्काउन सक्यो । अघिल्लो वर्ष फाइनलमा रियललाई बार्सिलोनाले नै हराएको थियो । त्यो हारको बदला रियलले यसपालि लिएको छ ।

च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले एक गोल थपे । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले एक गोल फर्काउदा रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । जुनियरले १० औं मिनेटमा दोस्रो गोल गरे । ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए । ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ६४ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्