Logo

एमाले र कांग्रेसबीच विश्वासको ठूलो खाडल छ, तत्काल मिलेर सरकार बनाउने अवस्था छैन् : श्याम घिमिरे (भिडिओसहित)



काठमाडौं, १ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरेले नेपाललाई सधैं अस्थिरताको बाटोमा लैजानको लागि अहिलेको निर्वाचन प्रणालीले काम गरेको टिप्पणी गरेका छन् । निर्वाचन प्रणालीकै कारण कुनैपनि सरकार दरिलो र दिगो हुन नसक्ने अवस्थामा आफूहरु रहेको उनको भनाई छ ।

आज (सोमबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा आउनेले आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिको विकास भएको पनि उनले टिप्पणी गरे । उनले अहिले गठबन्धनको सरकार भएकोले सरकारको काममा खासै प्रभावकारी नदेखिएको र भोलि अर्को गठबन्धनको सरकार बनेपनि योभन्दा राम्रो गर्न नसक्ने ठोकुवा गरे ।

उनले कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाए राम्रो हुने र बनाउन सकिने स्थिति रहेको पनि सुनाए । तर, अहिले ठूला दलहरुबीच धेरै नै अविश्वास रहेको उनको भनाई छ । एमालेले पुषमा नै कांग्रेसको नेतृत्वमा सरकार बनाउने भनेर झुक्याएको र पछि प्रचण्डलाई प्रधानमन्त्री बनाएको उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्