काठमाडौं, १ माघ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारमा बसेकाहरुले संक्रमणकालिन न्याय टुँगो लगाउनुपर्ने बताएका छन् । उनले एमालेले असहयोग गरेर बहुमतले टिआरसी विद्येयक पारित गर्ने सत्ता पक्षको धम्की हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।
उनले बहुमत भएकाहरुले विद्येयक पारित गरेर देखाए भयो नि त ? भन्दै चूनौति दिएका छन् । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
हिजो नेकपा हुँदा पनि बहुमत थियो भन्दै किन उक्त विद्येयक पारित नगरेको ? भन्दै रावलले आक्रोश पोखे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद् विस्तारबाहेक अरु कुरामा ध्यान नभएको आरोप लगाए । अहिलेको सरकराले देशका सबै नदीनाला अरुलाई बुझाएको उनको आरोप छ ।