Logo

राजलवटद्धारा नवौं राष्ट्रिय योग दिवसमा सहभागीहरुलाई गुर्जोको चिया सेवा



काठमाडौं, १ माघ । नवौं राष्ट्रिय योग दिवसको अवसरमा काठमाणडौ उपत्यकाभित्र विभिन्न स्थानमा आयोजित योग कार्यक्रममा सहभागीहरुलाई गुर्जाे चियाको सेवा गरिएको छ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले योग दिवस मनाईएका काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका हुन् । सो अवसरमा उनले गुर्जोको महत्वको बारेमा पनि प्रकाश पारेका थिए ।

कार्यक्रमहरु भने नेपाल सरकारको शिक्षा मन्त्रालयद्वारा योगसंग सम्बन्धित विभिन्न संघ संस्थाहरुको सहभागितामा शिक्षा मन्त्रालय सिंहदरवारमा, पतञ्जली योग समितिको आयोजनामा सम्मिलित योग संघ तथा संस्थाहरुद्वारा नारायणचौरमा आयोजित कार्यक्रम, नेपाल योग खेलकुद संघद्वारा बाग्मति योग साधना केन्द्रमा आयोजित कार्यक्रममा, जिल्ला प्रशासन कार्यालय, ललितपूरद्वारा जावलाखेलमा आयोजना गरिएको छ । यस्तै, जीवन विज्ञान समेतको कार्यक्रममा योगमा रुचि राख्ने धेरैको सहभागिता रहेको राजलवटको भनाई छ ।

काठमाणडौका योग गुरु सुरेन्द्र रिमाल, योगी केदार बास्ताकोटी तथा पतञजली योग समितिका योगी वानुका भट्टराईको उक्त सेवामा सक्रिय सहभागिताले सेवा सहज भएको राजलवटले जानकारी दिए । शिक्षामन्त्री अशोक राईलगायत कार्यक्रममा सहभागी सबैले गुर्जाे चियाको स्वाद मज्जा मानी सेवन गरेको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्