Logo

चिनियाँ राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड



बेइजिङ, २ माघ । चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिएका छन् ।

मङ्गलबार आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न उनले जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्