Logo

शेरबहादुर तामाङलाई ऋषि धमलाको प्रश्न : टिआरसी विद्येयकमा तपाईँहरुको असहमति के मा ? (भिडिओसहित)



काठमाडौं, २ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले टिआरसी टुँगो लगाउँदा पीडितलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन् । पीडितलाई न्याय दिनु नै बास्तवमा न्याय हुने आफूहरुको ठम्याई रहेको उनको भनाई छ ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘टिआरसीमा अहिले पीडितलाई न्याय दिनुभन्दापनि तत्कालिन स्थितिका पीडकहरुलाई उन्मुक्ति दिने उद्देश्य लुकेको छ । त्यसकारणले गर्दा यी र यस्ताखाले विषयमा राम्रोसँग छलफल गर्नुपर्छ । द्धन्द्धकालमा दुवै पक्षमा मान्छेहरु पीडित भएका छन् ।’

एमालेले टिआरसीमा अवरोध खडा गरेको भन्नु गलत भएको उनको टिप्पणी छ । उनले सत्ता गठबन्धनसँग बहुमत रहेको भन्दै विद्येयक पारित गरेर जाँदा हुन्छ भन्ने सन्देश दिए । उनले सत्ता पक्षले एउटापनि कानून पारित नगरेको आरोप लगाए । अहिले सरकारले संसद्लाई समेत विजनेस दिन नसकेको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्