Logo

प्रभु साहको टिप्पणी : कुर्सीका लागि मधेशलाई बेच्ने गद्दारहरुको स्वाभिमान दिवस !



काठमाडौं, ३ माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेशलाई बेच्ने गद्दारहरुले स्वाभिमान दिवस मनाएको भन्दै आलोचना गरेका छन् । उनले फेशबुकमा संक्षिप्त लेखेका छन्–‘कर्सीका लागि मधेशलाई बेच्ने गद्दारहरुको स्वाभिमान दिवस ? हा..हा..हा…।’

उता, आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले पनि कुर्सीका लागि मधेशलाई बेचेर अपमानित गर्ने कथित मधेशका भ्रष्ट र गद्दार मठाधिश मसिहाहरुले आज कुन धरातल र नैतिकतामा स्वाभिमान दिवस मनाउँदै छन् ? भनेर प्रश्न गरेका छन् । उनले पनि फेशबुकमा लेखेका छन्-

मधेशका भ्रष्टगद्दारहरुको कस्तो स्वाभिमान दिवस ! मधेशलाई ८ जिल्लामा सिमित गरी अधिकार विहीन प्रदेश बनाउने, कांग्रेस – एमालेको काँधमा आलोपालो सरकार चलाउने, कुर्सीका लागी मधेशलाई बेचेर अपमानित गर्ने कथित मधेशका भ्रष्ट-गद्दार मठाधीश मसीहाहरुले आज कुन धरातल र नैतिकतामा स्वाभिमान दिवस मनाउदै छन्?



प्रतिक्रिया दिनुहोस्