काठमाडौं, ३ माघ । यही माघ ५ गते काठमाडौंमा हुने फूटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल (एफएमएन) को वार्षिक साधारणसभामा जीवनकुमार श्रेष्ठले उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।
संघमा विगत १५ वर्षदेखि सक्रिय श्रेष्ठ स्मार्ट शुज इण्डष्ट्रिज प्रा.ली.का अध्यक्ष हुन् । उनले डेढ दशकदेखि जुत्ता÷चप्पल उत्पादनमा उल्लेखनीय भूमिका खेलेका छन् ।
श्रेष्ठले संघको कार्यसमितिमा बसेर उद्योगीहरुको हकहितको लागि सक्रिय भूमिका खेल्दै आएका छन् । संघको अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष सर्वसम्मत् चयन भैसकेका छन् । तीन जना उपाध्यक्षको लागि चार जनाको उम्मेद्वारी पर्ने भएको छ । जसमध्ये श्रेष्ठलाई उपाध्यक्षको बलियो उम्मेद्वारको रुपमा चित्रण गरिएको छ ।
नेपाली जुत्ता/चप्पल व्यवसायीहरुको हकहितको लागि खेलेको भूमिकाको कारण उनी उपाध्यक्षमा निर्वाचित हुने उद्योगीहरुको विश्वास छ । काठमाडौंको होटल एल्लो प्यागोडामा हुने २२औं वार्षिक साधारणसभाको तयारी पूरा भैसकेको संस्थाले जनाएको छ ।