संयुक्त राष्ट्रसङ्घ, ५ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।
महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् ।
महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्त अनुसार शान्तिपूर्ण संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
मङ्गलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतङ्कवादी आधारहरू’ मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतङ्कवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो । रासस