Logo

प्रचण्ड सरकार “मल्टीपल अर्गान फेलियर” कै अवस्थामा पुगेको हो त ?



कपिलवस्तु । नेकपा (एमाले) उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार सबै अंग फेल भएको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । कपिलबस्तु जिल्ला कमिटीले पार्टीको केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला नेताहरूका लागि तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने-“राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदै छ । अर्थतन्त्र लथालिंङ छ । हरेक गृहिणीलाई थाहा छैन भान्सामा कति पकाउन सकिन्छरु हरेक युवालाई थाहा हिजो रेष्टुरेन्टमा गएर कति खर्च गर्न सकिन्थ्यो ? आज कति खर्च गर्न सकिन्छ भन्ने चिन्ता छ । गाडी चढ्नेलाई फुल टयाङ्क गर्न गाह्रो छ । उद्योग व्यवसाय आधा पनि चलेका छैनन् । देश लथालिंङ भएको छ ।”

कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पार्टीका नेता/कार्यकर्तालाई नबिनतम ज्ञान प्रविधि सञ्चालन गर्ने सिप र प्रस्तुतीकरणको एकरुपता ल्याउन एमालेले ७७ वटै जिल्लामा प्रशिक्षण चलाएको बताए । अर्को वर्षदेखि पार्टीका सबै नेताकार्यकर्तालाई प्रशिक्षण अनिवार्य गरिने जानकारी गराउँदै उपमहासचिव ज्ञवालीले वडा सदस्यदेखि, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तिको लागि समेत स्कुलिङ अनिवार्य रहेको बताए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot