Logo

सरकार सत्ता टिकाउन शक्तिकेन्द्रको भक्तिभावमा लागिपरेको छः एमाले उपमहासचिव ज्ञवाली



काठमाडौं, ७ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन शक्तिकेन्द्रको भक्तिभावमा लागिपरेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी र जवाफदेही नरहेको बताए । उनले सरकारले दूतावासमार्फत सिधै आयोजना छानेर लगानी गर्न सक्ने लगाएका सम्झौता गरेको भन्दै आपत्ति जनाए ।

यस्ता प्रकारका सम्झौताले राष्ट्रिय हितलाई कमजोर बनाउने र देशभित्र बाह्य शक्तिको अनावश्यक चलखेल बढ्ने उनले बताए । उनले भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै पनि परियोजनामा लगानी गर्न सकिने प्रावधान दीर्घकालीन असर पर्ने प्रकृतिको रहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot