Logo

पूर्वकानुन मन्त्रीको सायरी संग्रह ‘म मैन झैं पग्लिरहेँ’ विमोचन



काठमाडौं, ८ माघ । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ ।

नेपाल भाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा, सम्पदा र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तीन वर्ष अघि स्थापना भएको ‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ नामक संस्थाद्वारा कविता वाचनसँगै डा. शाक्यको सायरी संग्रहको विमोचन गरिएको हो ।

पुस्तकको विमोचन कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यलगायतले कविता बाचन गरेका छन् ।

काठमाडौं महानगरपालिकाका उपमेयर डंगोलले मञ्जुश्रीदेखि कला, संस्कृति, सम्पदा र भोलिको काठमाडौंको परिकल्पनामा आधारित कविताले सुनाईन् । त्यस्तै, मुटुरोग विशेषज्ञ डा स्मृतिले पनि सामाजिक सञ्जालको जालमा मानसिक, सामाजिक रूपले फँस्दै गइरहेको नेपाली समाजको डरलाग्दो यथार्थलाई नेपाल भाषाको कवितामा चित्रण गरिन् ।

कार्यक्रममा नेपालभाषाका वरिष्ठ कविहरू नारद वज्राचार्य, सुरेश किरण, रजनी मिला, अञ्जना ताम्राकार, दर्शनवीर शाक्य र हिसिलिना महर्जनले पनि कविता वाचन गरे। कार्यक्रमा पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व राजदूत डा. अन्जान शाक्य, न्हूदँ समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्य, वरिष्ठ कवयित्री प्रतिसरा साय्मि, वडा अध्यक्षहरू न्हुछेकाजी महर्जन, उदय चुडामणि वज्राचार्य र ट्रष्टका अध्यक्ष श्याम स्मृतलगायतको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्