काठमाडौं, ८ माघ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गर्नेहरुलाई कारबाही थालिने घोषणा गरेका छन् । उनले सहकारीको कारोबारको बारेमा विभिन्न उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान गर्दा बचतकर्ताको रकम सहकारी सञ्चालकहरुले ठगेको पाईएकाले कारबाही थालिने चेतावनी दिएका हुन् । आज (सोमबार) महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढाई सकिएको स्पष्ट पारे । उनले भने,सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाइनेछ।’ file photo