Logo

पञ्चा सिंहविरुद्ध झुठो आरोप लगाइयो, मुद्दा फिर्ता हुनुपर्छः वाईसीएल अध्यक्ष शेर्पाली



काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुबोधराज शेर्पालीले अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि झुठो आरोप लगाइएको दाबी गरेका छन् ।

रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादीकी उदयमान युवा नेतृलाई जालझेल गरेर फसाउन खोजिएको बताए । उनले पञ्चा सिंहमाथि लगाइएका झुठा मुद्दा फिर्ता हुनुपर्ने बताए ।

‘पञ्चा सिंह माओवादी केन्द्रको उदयमान युवा नेतृ हो । जालझेल गरेर फसाउन खोजियो । न घटनामा संलग्न छ, न घटना थाहा छ । षड्यन्त्रबाहेक केही होईन । मुद्दा फिर्ता फिर्ता हुनुपर्छ,’– वाइसिएल अध्यक्ष शेर्पालीले भने ।

करिब १५ वर्षअघि सुर्खेतको जनमाविमा भएको घटनालाई लिएर पञ्चासहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको छ । माओवादी नेताहरु र स्वयं पञ्चाले समेत उक्त घटनबारे आफूहरु अनविज्ञ रहेको बताउँदै आएका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot