Logo

४० लाख मात्रा खोप इँटाभट्टामा जलाउने तयारी



काठमाडौं, माघ ९ । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’को तयारी गरेको छ ।

साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएको चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी अनुसार के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनिरहेको मन्त्रालयले स्रोतले जनाएको छ । प्रयोगमा नआएको खोपको म्याद सकिएपछि खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा मन्त्रालयमा छलफल भइरहेको छ ।

उक्त खोप चीन सरकारबाट अनुदानमा विसं २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot