Logo

करणको उत्कृष्ट ब्याटिङमा गण्डकीको दोस्रो जित, बागमतीले शीर्ष स्थानमा उक्लिने मौका गुमायो



काठमाडौं,९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ । गण्डकीले आज दोस्रो जित निकाल्नेक्रममाा बागमती प्रदेशलाई ३ विकेटले हराएको हो ।

बागमतीले दिएको १९९ रनको लक्ष्य गण्डकीले ३ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो । गण्डकीका लागि करण पंगेनीले उत्कृष्ट ब्याटिङ गरे । ९८ बलको सामना गरेका करणले ६ चौका र ३ छक्कासहित ७९ रनको अर्धशतकीय पारी खेल्दै जितको आधार तय गरेका थिए ।

त्यस्तै इश्वर क्षेत्रीले ३६, समिर कँडेलले १९, मुस्कान थापाले २७ रन थप्दा कमल परियारले २० रन थपे । बलिङतर्फ बागमतीका प्रतिश जिसीले २ तथा रिजन ढकाल , सूर्य तामाङ र विपीन आचार्यले समान १ विकेट लिए ।

गण्डकीको यो दोस्रो जित हो भने बागमतीले तेस्रो हार ब्याहोरेको छ । यो हारसँगै १० अंक जोडेर शीर्ष स्थानमा उक्लिने मौका बागमतीले गुमाएको छ । बागमती ८ अंकसहित दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको गण्डकी सातौ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot